भुटानी शरणार्थीलाई भुटान सरकारले फिर्ता लिनुपर्नेमा जोड
काठमाडौं, २७ माघ (दैनिकी)
प्रधानमन्त्री माधवकुमार नेपालसँग भुटानका अर्थमन्त्री लिम्पो खान्दु वाङचुकले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा भुटानी प्रधानमन्त्रीका विशेष दूत वाङचुकले भुटानको राजधानी थिम्पुमा आगामी वैशाख (अप्रिल २८–२९) मा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १६ औँ शिखर सम्मेलनमा भाग लिन भुटानका प्रधानमन्त्रीले पठाएको निमन्त्रणा हस्तान्तरण गर्नुभएको छ।
आगामी सार्क शिखर सम्मेलनको मुख्य कार्यसूची समेत जलवायु परिवर्तन हुने भएकाले पर्वतीय देशहरुको गठबन्धन बनाएर अघि बढ्नुपर्ने कुराको पहल गरिरहेको नेपाललाई आफ्नो साथ रहने भुटानी अर्थमन्त्री वाङचुकले जानकारी दिनुभएको छ।
सो अवसरमा प्रधानमन्त्री नेपालले भुटानी शरणार्थीलाई भुटान सरकारले फिर्ता लिनुपर्नेमा जोड दिनुभएको थियो। तेस्रो देश पुनःस्थापनाले पनि समस्या समाधान गर्न नसक्नेमा जोड दिँदै प्रधानमन्त्री नेपालले उनीहरु गएको मुलुकमा पनि आत्महत्या जस्ता घटनाहरु बढिरहेका कारण समस्या जटिल बन्दै गएको बताउनुभयो। भुटानी अर्थमन्त्रीले नेपाल सरकारको चासोलाई आफूले भुटानी प्रधानमन्त्रीसमक्ष पुर्याउने जानकारी दिनुभएको थियो।
।
भूटानी अर्थमन्त्री वाङचुङ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १६औं शिखर सम्मेलनको औपचारिक निम्तो दिन नेपाल आउनु भएको हो । सार्क स्थापनाको २५ वर्षमा पहिलो पटक आगामी बैशाख १६ र १७ गते शिखर सम्मेलन आयोजना गर्ने भएको छ। माल्दिभ्सले गत वर्ष सम्मेलन गर्न नसकेपछि नेपाललाई अनुरोध गरेको थियो । नेपालले पनि नसक्ने जनाएपछि भूटानले गर्न लागेको हो । अफगानिस्तानबाहेक सार्कका अन्य मुलुकले यसअघि दुई वा तीन पकट शिखर सम्मेलन आयोजना गरिसकेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks