Loving nepal news

Monday, February 8, 2010

स्पेसटाइमका अध्यक्ष जमिम शाहको गोली प्रहारबाट मृत्यू

मोटरसाइकलमा आएका दुईजनाले जमिम शाहमाथी गोली प्रहार
काठमाडौं, २४ माघ (दैनिकी)

लाजिम्पाटको र्र्याडिशन होटल नजिकै अज्ञात समुहको गोली प्रहारबाट स्पेसटाइमका अध्यक्ष जमिम शाहको मृत्यू भएको छ। जमिम शाह आफ्ना गाडी चालक मथुरामान मालाकारका साथ आफनो गाडीमा गईरहेको बेला उक्त आक्रमण भएको थियो। यस घट्नामा उनका गाडी चालक मथुरामान मालाकार समेत घाईते भएका छन।
विपरीत दिशाबाट मोटर साइकलमा आएका दुईजनाको अज्ञात समूहले लाजिम्पाटबाट पानीपोखरीस्थित घरमा जाँदै गरेका शाह चढेको गाडीमा दिउँसो २:४५ बजे अन्धाधुन्ध गोली चलाएको थियो ।
शाहमाथि बा१५प ८७३३ नम्बरको एफजेट मोटरसाइकलमा आएका अज्ञात दुइजनाले अत्यन्तै नजिकबाट गोली प्रहार गरेका थिए । प्रहरीका अनुसार उनीहरूले प्रयोग गरेको नम्बरको मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता छैन ।
उनीमाथि प्रहार चारमध्ये दुइ गोली कञ्चट र छातीमा लागेको थियो । शाहको गर्धन र छातीमा तथा चालक मथुरामान मालाकारको तिघ्रामा गोली लागेको थियो । घटना गोली लागी घाइते भएका ४७ वर्षीय शाहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । चालक मानन्धरको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनको शवको आइतबार साँझ पोस्टमार्टम गरिएको छ । २०२१ सालमा जन्मेका शाहका ८० वर्षीय बाबु, श्रीमती र एक छोरा छन् । श्रीमती अञ्जली शाह तीन महिनादेखि हाइटीमा छन् । छोरा ज्याकी अमेरिकामा पढ्दै छन् । उनी बाबुआमाका माइला छोरा हुन् । मुकिम शाह उनका दाजु र मसुद शाह भाइ हुन् ।
नेपालमा निजी क्षेत्रबाट पहिलोपटक स्याटेलाइट टेलिभिजन सञ्चालन गर्ने श्रेय शाहलाई नै जान्छ । टेलिभिजन नेर्टवर्क पनि उनले नै पहिलोपटक भित्र्याएका हुन् । उनले स्पेसटाइम नेपाली राष्ट्रिय दैनिक, स्पेसटाइम टुडे -अंग्रेजी दैनिक) पनि प्रकाशन गरेका थिए । हाल यी दुवै दैनिक बन्द छन् ।
शाह हत्याको मिडिया सोसाइटी, नेपाल केबल टेलिभिजन एसोसिएसन, नेपाल केबल टीभी संघ, नेपाल पत्रकार महासंघले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी भर्त्सना गरेका छन् । ती संघ/संस्थाले घटनाको सत्यतथ्य छानबिन गरी र्सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks