सातौँ संशोधनपछि राष्ट्रपति र उपराष्ट्रपतिले मातृभाषामा पनि शपथ लिनसक्ने प्रावधान संविधानमा थपिएको
काठमाडौं, २४ माघ (दैनिकी)
पदीयरुपमा निस्क्रिय रहनु भएका उपराष्ट्रपति परमानन्द झाले आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा पद तथा गोपनीयताको सपथ दोहोर्याएर लिनु भएको छ । राष्ट्रपतिको कार्यालय शितलनिवासमा राष्ट्रपति डा. रामवरण यादवले झालाई दोहोर्याएर सपथ खुवाउनु भएको हो ।
झाले दौरासुरुवाल लगाएर मैथिली र नेपाली भाषामा शपथ लिनु भएको हो । निष्कृय उपराष्ट्रपति झाले मैथिली भाषामा शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा शनिबार पत्र पठाउनुभएको थियो ।
नेपाली भाषामा सपथ लिन नमानेपछि झाको पदलाई अदालतले निस्कृय बनाईदिएको थियो । उपराष्ट्रपति झाले नेपालीको सट्टा हिन्दी भाषामा लिनुभएको शपथ सर्वोच्च अदालतले बदर गरिदिएको थियो । मातृभाषामा पनि शपथ लिन पाउनुपर्ने अडानमा कायम रहनुभएकाले उहाँको पद पाँच महिनादेखि निस्क्रिय अवस्थामा थियो ।
सातौँ संशोधनपछि राष्ट्रपति र उपराष्ट्रपतिले मातृभाषामा पनि शपथ लिनसक्ने प्रावधान संविधानमा थपिएको छ । यसअघि राष्ट्रपति र उपराष्ट्रपतिले नेपाली देवनागरीमा मात्र शपथ लिने प्रावधान अन्तरिम संविधानमा थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks