शान्ती प्रकृया र लोकतन्त्रलाई संस्थागत गर्न निर्धारीत समयमै संविधान वन्नुपर्नेमा नेम्वाङको जोड
सञ्जीव चापागाई,झापा २३ माघ ।
संविधान सभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङले शान्ती प्रकृया र लोकतन्त्रलाई संस्थागत गर्न निर्धारीत समयमै संविधान वन्नुपर्नेमा जोड दिनुभएको छ । संविधान निर्माण पछि मात्रै मुलुकले स्थाई शान्ती र लोकतन्त्रको साचो अनुभव गर्नपाउने वताउदै उहाले निर्धारीत मितीमै संविधान वन्ने दावि समेत गर्नुभयो ।
झापाको धुलावारीमा आज राष्ट्रिय सहकारी वैकं लिमिटेडको छैटौ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाले भन्नुभयो "जनतामा समयमै संविधान नवन्लाकि भन्ने आसंका छ ,हामि एकजुट हौ,त्यो पुरा हुन्छ " संविधान लेखन प्रकृयाले गतिलीन सूरु गरेकेा वताउदै उहाले दलहरुलाई दैनिरुपमा लागि पर्न आफुले खवरदारी गरीरहेको स्पस्ट समेत पार्नुभयो ।
उहाले अव वन्ने संविधान कुनै राजनितिक दल,जाति अथवा समुह विषेस नहुने वताउनुभयो ।उहाले भन्नुभयो " संविधान हामि सवैको साझा वन्छ,त्यसका लागि तपाइहरु ढुक्क हुनुहोस " ।
दलहरु विच मतभेदका कारण संविधान लोखनको प्रकृयामा सामन्य अवरोध पुगेकेा स्वीकार गर्दै उहाले पछिल्लो समयमा भने त्यसका लागि काम त्रि्र गतिमा भइरहेकेा जानकारी दिनुभयो ।
दल हरु विचको सहकार्य र सहमतिवाट नै संविधान निर्माणको क्रार्यलाई अन्तीम चरणमा पुर्याउन सकिने वताउनुभयो । एक्लै हिडेर लक्षमा पुग्न नसकिने भन्दै उहाले सवैलाई मत मतान्तर छाडेर एकजुट हुन आग्रह गर्नुभयो ।पटक-पटक व्यवस्थापिका संसदको वैठक अवरुद्ध भएपनि संविधान सभाको पुर्ण वैठक भने गत मंसिर महिनामा एक पटकमात्रै अवरुभएको स्मरण गराउनुभयो ।
राष्ट्रिय सहकारी वैक लिमिटेडको छैटौ वार्षिक साधारण सभा आज झापाको धुलावारीमा सुरु भएको हो । धुलावारी स्थीत टाउनहलमा सुरु साधारणसभाको संविधानसभाका अध्यक्ष सुभास चन्द्र नेम्वाङले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मुलुकभारका विभीन्न ६० जील्लाका १५ सयजना सहकारी कर्मिहरुको उपस्थीति रहेको कार्यक्रम स्थलमा रहेका छन ।वैकका अध्यक्ष रमेस पोख्रेलको सभापतित्वमा सुरु कार्यक्रममा अहिले विभीन्न स्थानवाट उपस्थीत प्रतिनिधिहरुले सुभकामना मन्तव्य राख्ने क्रम जारी रहेकेा छ ।आजै साझ सम्पन्न हुने साधारणसभामा मुलकका विभीन्न स्थानमा रहेर विभीन्न क्षेत्रमा कार्य गर्दे आएका उत्कृष्ठ सहकारीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेकेा छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks