काठमाडौं, २० माघ (दैनिकी)
सेना समायोजना विशेष समितिको बैठक आज पनि विना निष्कर्ष टुंगिएको छ । माओवादी लडाकुको चेन अफ कमाण्ड गर्न ९ सदस्यीय सचिवालयको नेतृत्व चयनका विषयमा सहमति हुन नसकेपछि आजको बैठक पनि विना निष्कर्ष टुंगिएको हो ।
बैठकले लडाकु समायोजन बारे कार्ययोजनाको छलफल अन्तिम चरणमा पुर्याएको छ । बैठकमा एकीकृत नेकपा माओवादीले सेना समायोजनको संख्या र मापदण्डको जिम्मा संयन्त्रलाइ दिनुपर्ने माग राखेको छ ।
माओवादीले चेन अफ कमाण्डको सचिवालय संयोजकमा कमाण्डर नन्दकिशोर पुनको नाम प्रस्ताव गरेको पनि माओवादीबाहेकका विशेष समिति सदस्यहरुले भने पूर्व रक्षा सचिव वा स्वतन्त्र रक्षा जानकारलाई सचिवालय संयोजक बनाउनुपर्ने अडान लिएका छन् । ९ जनामध्ये एक जनालाई सदस्य सचिव तोकिनेछ ।
११२ दिनभित्र समायोजन तथा पुनःस्थापना गरिसक्ने कार्ययोजना, सचिवालय गठन गरिसकेपछि कार्यन्वयनमा आउने बताइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks