शान्तिपूर्ण ढङ्गबाट आन्दोलन सञ्चालन गर्नुपर्ने माओवादीको ठहर
काठमाडौं, १८ माघ (दैनिकी)
उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । कांग्रेस सभापति एवं संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा माओबादी आन्दोलन र उस्ले उठाउदै आएका माग तथा अन्य विविध विषयमा छलफल हुने भएकोछ ।
यसअघि बसेको संयन्त्रको बैठकले राज्य पुर्नसंरचना गर्न आयोग बनाउने सैद्धान्तिक सहमति कायम गरेको थियो । आज त्यसबारेमा औपचारिक निर्णय हुने बताइएको छ ।
यसअघि बसेको संयन्त्रको बैठकले राज्य पुर्नसंरचना गर्न आयोग बनाउने सैद्धान्तिक सहमति कायम गरेको थियो । आज त्यसबारेमा औपचारिक निर्णय हुने बताइएको छ ।
एकीकृत नेकपा (माओवादी) ले बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयका आधारमा आगामी आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास नयाँबजारमा हिजो बसेको स्थायी समिति बैठकले शान्तिपूर्ण ढङ्गबाट आन्दोलन सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।एकीकृत माओवादीको आगामी बैठक भोलि १९ गते मङ्गलबार बस्ने कार्यक्रम छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks