'माघ २ गतेबाट मधेस आन्दोलन'
काठमाडौं, २२ पुष (दैनिकी)
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एक महिनाभित्र राष्ट्रिय संयुक्त सरकार बन्ने बताउनुभएको छ । आज रिपोर्टस् क्लब नेपालको साक्षात्कारमा यादवले अबको संविधानसभामा पाएको मतको आधारमा सत्ता साझेदारी हुनुपर्ने नयाँ अवधारणा सुनाउनुभयो । अध्यक्ष यादवले अन्तरिम संविधान, संविधानसभा र सरकारको औचित्य सकिने भएकाले पनि २०६७ जेठ १४ भित्र संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभयो । अध्यक्ष यादवले संघीयताविरोधीहरु बिस्तारै जनताबाट बहिष्कृत हुने समेत दाबी गर्दै आफ्नो दलको ११ बुँदे माग पूरा गर्न सरकार संवेदनशील नभएकाले माघ २ गतेबाट मधेस आन्दोलन सुरु हुने बताउनुभयो । सरकारले चिठी पठाए पनि विगतमा गरिएको सहमति पालना नगरिएकाले वार्तामा नगएको यादवको भनाइ थियो । मधेस एक प्रदेशमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा माधवकुमार नेपालले ड्राफ्ट गरी प्रचण्ड र झलनाथ खनाल साक्षी बसेर सहमति गरिएको बताउँदै यादवले संविधान संशोधन विधेयक अपुरो भएकाले त्यसलाई सच्चाएर चाँडोभन्दा चाँडो पारित गरिनुपर्ने बताउनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks