उत्तर भारतमा चिसो र शितलहरका कारण मृत्यु हुनेको संख्या एक सय चौवन्न पुगेको छ। चिसोको सबैभन्दा बढी असर उत्तर प्रदेश राज्यमा परेको छ। जहाँ एकै रातमा एकतीस जनाको मृत्यु भएको छ। यसैगरी चिसो र शितलहरका कारण पञ्जाव, हरियाणा, विहार, दिल्ली, कश्मिर लगायतका उत्तरी राज्यहरु प्रभावित भएका छन्। उत्तर भारतमा खराब मौसमका कारण सडक यातायात र रेल सेवा पनि प्रभावित भएका छन्।।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks