सञ्जीव चापागाई,झापा ४ माघ
झापामा पहिलो पटक अनलाइन ट्रेडिङ्ग सूरु भएको छ। मर्कनटाइल एक्सचेन्ज नेपाल(मेक्स) ले सेवा क्षेत्र विस्तारका क्रममा झापाको विर्तामोडमा अनलाइन ट्रेडीङ्ग अर्थात कम्प्युटर प्रविधीवाट हुने व्यपार सूरु गरेको हो। विर्तामोडका लागि युनिक इन्भेस्टमेन्टले सो जीम्मेवारी निर्वाह गर्दैछ।
स्थानिय युवा सुशिलकुमार अग्रवाल र अमितकुमार व्रशलले संयुक्त रुपमा युनिकन इन्भेष्टमेन्ट स्थापना गरी त्यस्तो सेवा सुरु गरेको हो। यो सेवा लिन कर सहित सूरुमा ९ हजार ४० रुपैया तिरी सफ्टवेयर खरीद गर्नुपर्ने व्यवस्था गरीएको छ। त्यस पछि वैंक खाता खोली घरमै कम्प्युटरवाट सामान खरीद विक्री गरी नाफा आर्जन गर्न सकिने विर्तामोडका व्यावसायी सुरेश वंसलले जानकारी दिनुभयो।
झापामा अनैापचारीक रुपमा त्यस्तो व्यपार गता साउन महिनादेखिनै सुरु भएको र
हाल सम्म ३२ जना सदस्य वनेको जनाइएको छ।मेक्सले हाल अनलाइन ट्रेडिङ अर्थात
इ–विजिनेशका लागि सुन,चादी,तामा,कच्चातेल,भटमास,भटमासको तेल, कपास, कफि, हिटिङ तेल, प्राकृतिक ग्यास र गहु जस्ता उत्पादन उपलव्ध गराएको छ।
स्वच्छ मुल्य आविस्कारको संयन्त्र स्थपना गर्नु,मुल्य पारदर्शिता र वजारको सत्यतालाई स्वीकार गरी खडा हुनु,आयत–निर्यातकर्ता,उत्पादक र व्यपारीका लागि जोखिम न्युनीकरणका संयन्त्र उपलव्ध गराई सहयोगी हुनु, एक्सचेन्ज कारोवारमा विश्वव्यपी स्तर स्थापना गर्नु ,प्रभावकारी क्लियरिङ गर्नु जस्ता कार्य मेक्सको प्रमुख उदेश्य रहेको वताइएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks