Loving nepal news

Sunday, January 3, 2010

नेपाल आयल निगमले नँया डिपोहरु खोल्ने

सुरज भण्डारी बुटवल, १९ पुष

नेपाल आयल निगमले आयल भण्डारण डिपो थप गर्ने भएको छ । आयल भण्डारण क्षमता कम भएकाले माग अनुरुप आपूर्ति गर्न नसकिएको भन्दै निगमले भएका डिपोको क्षमता समेत वढाउने भएको छ ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशसनको शनिवार बुटवलमा भवन तथा साधारण उद्घाटन गर्दै निगमका कार्यकारी निर्देशक दिगम्वर झाले देशका विभिन्न स्थानहरुमा केहीमहिनाभित्रै डिपो थप गरिने जनाए । उनले उपत्यकामा केहीदिनभित्रै नया डिपो निमार्ण गरेपछि अन्य क्षेत्रमा क्रमशः डिपो निमार्ण र भएका डिपोको समेत क्षमता वृद्धि गरिने बताए । निर्देशक झाले भलवारीमा रहेको क्षेत्रीय डिपोमा एक महिना भण्डार गर्न सक्ने खालको क्षमता विस्तार गर्न लागिएको बताए ।
निर्देशक झाले निजी क्षेत्रको सहभागिताले आयल निगमलाई घाटा नहुने स्पष्ट पार्दै निगमलाई झन् फाइदा पुग्ने र निजी क्षेत्रसग प्रतिष्पर्धा गर्न निगम सक्षम रहेको जनाए । डिलरहरुले सिधै भारतवाट तेल ल्याएर राख्न पाउने व्यवस्थाका लागि पहल भैरहेको भन्दै उनले थप डिलर खोल्न नदिने पक्षमा आफू रहेको बताए ।डिलर व्यवसायीलाइ नै खुद्रा मुल्य कायम गराउन दिने पक्षमा निगम रहेको भन्दै उनले डिलर व्यवसायीमा सुरक्षामा सरकारले ध्यान पुर्‍याउने पर्ने बताए । राजस्व वढाउने नाममा सवारी साभन भित्राइदा २ वर्षमा ८० प्रतिशत मागमा बृद्धि भैरहेको भन्दै उनले लोडसेडिङ गर्दा झन् तेलको माग वढेको बताए ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष सरोज पाण्डेले पर्यात्प तेल निगमले उपलब्ध गराउन नसक्दा डिलरहरुले तेल वितरण गर्न नसकिरहेको बताए ।

संघका अध्यक्ष एमके मियाको अध्यक्षतामा भएको साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्दि्रय चोपनारायण श्रेष्ठ,रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोखरेल,बुटवल उद्योग वाणिज्य संघका खिमवहादुर हमाल,बुटवल जेसिजका विमल भट्टराई,वारका महेन्द्र पाण्डे लगायतले धारणा राखेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks