Loving nepal news

Saturday, January 16, 2010

रानीले बिहे गर्ने

काठमाडौं, २ माघ (दैनिकी)

अभिनेत्री रानी मुखर्जी तथा आदित्य चोपडा बीचको प्रेम चाडै नै बिहेमा परिवर्तन हुने भएको छ। यी दुई बीच धेरै लामो समय देखी प्रेम सम्बन्ध रहेको भएतापनि आदित्यको घरबाट स्वीकारेको थिएन। तर अहिले आएर यशराज चोपडा तथा उनका धर्मपत्नी पामेलाले यस सबन्धलाई स्विकार्ने भएको छ।
पहिले यशराज चोपडा तथा उनका धर्मपत्नी पामेला यस सम्बन्धबाट खुशी थिएनन् तर हालै एक समारोहमा उनीहरुले रानीलाई आशिर्वाद दिएपछि, बलिउडमा रानीलाई चोपडा परिवारले स्वीकार्ने हल्ला चल्न थालेको छ। यस अलावा चोपडा परिवारको एक नजिकका मित्रका अनुसारपनि छोराको प्रेम ढिलो चाँडो जहिले भएपनि स्वीकार्ने बताएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks