Loving nepal news

Sunday, January 17, 2010

बिग ब्रदरको उपाधी जित्न कातिआ इवानोवाको नँया चाल


काठमाडौं, २ जेठ (दैनिकी)

भारतमा चर्चत भएको टिभी कार्यक्रम बिग बास बेलायती कार्यक्रम बिग ब्रदर को नकल गरी बनाएको थियो। अहिले बेलायतमा चलिरहेको यस बिग ब्रदर टिभी कार्यक्रममा भयकंर प्रतिस्पर्धा भईरहेको छ।
बिग ब्रदरमा बाँकी रहेका हरेक प्रतिस्पर्धीहरले जनताको ध्यान तान्ने काम गरिरहेका छन्। यसै सन्दर्भमा काजाखास्तानमा जन्मेकी बेलायति मोडल कातिआ इवानोवाले यस खेलमा बनिरहन नँया चाल चलेकी छिन्।
कातिआले केहि समय अगाडी यस कार्यक्रममा जोनास आल्टबर्ग संग रातभर एउटै खाटमा सुतेर टिभी का दर्शकहरुलाई चकित बनाईदिएको छ। उनको यस हरकतले गर्दा दर्शकहरुको ध्यान उनीतीर तान्न सफल भएकी छिन्। उनले मध्य रात देखी बिहान सम्म जोनास संग सुतेकी थिईन्। यस भन्दा अगाडी दिनको समयमा जोनासले कातिआलाई हर्टब्रेकर भनेका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks