Loving nepal news

Saturday, January 30, 2010

सातौ डिभिजनका अयोग्य लडाकुहरुको बिदाई पनि सुरु

कपिल भट्ट/कैलाली,१६ माघ

कैलालीको तालबन्दमा रहेको माओवादी जनसेनाको सातौँ डिभिजनका अयोग्य लडाकुहरुको बिदाई कार्य आज सुरु भएको छ । जनमुक्ति सेनाको सातौं डिभिजन मुख्यालय र अन्य तीनवटा सहायक शिविरमा अनमिनले अयोग्य ठहर्‍याएका चार सय ५२ जनसेनाहरुको विदाइ कार्य सुरु भएको सातौँ डिभिजनका सहायक कमाण्डर जीवन बुढाले जानकारी दिनुभयो ।
उनीहरुलाई सरकार, माओवादी डेपुटी कमाण्डर र अनमिनका प्रतिनिधिको रोहबरमा जनही २२ हजार दिएर घर फर्काउन लागिएको हो । यसअघि पहिलो, दोस्रो, तेस्रो र चौथो डिभिजनबाट अयोग्य ठहर्‍याइएका जनसेनाको विदाइ गरिसकिएको छ ।
गत पुस २३ गतेदेखि सुरु भएको अयोग्य लडाकुको बिदाइ कार्य माघ महिना अन्त्य सम्म रोल्पाको दहवनस्थित पाँचौं डिभिजनमा पुगेर सम्पन्न हुने बताइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks