काठमाडौं, ६ माघ (दैनिकी)
चार दिने औपचारिक भ्रमणको क्रममा नेपाल आउनु भएको भारतिय सेना प्रमुख दिपक कपुरले भारतीय सेनामा गोर्खा भर्ति केन्द्रलाई अझै प्रभावकारी ढंग निरन्तरता दिने बताउनु भएको छ । भारतीय सेनामा नेपाली युवाहरुको बढ्दो आर्कषण लाई मध्य नजर गर्दै भारतीय सरकारले गोर्खा भर्ति केन्द्रलाई प्रभावकारी वनाई निरन्तरता दिने निति लिएको स्पष्ट पार्नुभयो ।
भारतिय दुतावास पेन्सन वितरण कार्यलयमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले गोर्खा भर्तिकेन्द्रमा रहेको नेपालीहरुको इमन्दारीता, निर्डर, निष्पक्षतता र बहादुरीताको प्रंससा गर्नुभयो ।
माओवादीहरुले गोर्खाभर्ति खारेज गर्नुपर्ने जस्ता माग अगाडि सार्दे आएको अवस्थामा भारतीय सेनाध्यक्ष कपुरले गोर्खा भर्ति केन्द्रमा थप कोटा वृद्धि हुन सक्ने संकेत समेत दिनुभयो । उहाँले भारतीय सेनामा ३० हजार गोर्खालीहरु कार्यरत रहेको र १ लाख भन्दा वढिले पेन्सन सुविधा लिइरहेको समेत बताउनुभयो । उहाँले नेपाल भारतवीचको सहयोग आदन प्रदानलाई निरन्तरता दिइने बताउनुभयो ।
भारतीय सेनाका प्रमुख कपुरले नेपाल र भारतको सम्वन्धलाई प्रगाढ रुपमा अगाडि बढाउन गोर्खाभर्तिकेन्द्र कोशे ढुंगा सावित भएको दावि गर्नुभयो । सेनाध्यक्ष कपुरले लर्डाईको क्रममा अंगभंग भएको ४ जना सिपाईलाई स्कुटर प्रदान गरी सम्मान समेत गर्नुभयो । सम्मानित हुनेहरुमा सुवेदार इन्द्रबहादुर गुरुङ, भरतबहादुर थापा, सिपाहीहरु दिलबहादुर गुरुङ, सोपित प्रधान हुनुहुन्छ । कार्यक्रममा पेन्सन वितरण कार्यलय पोखरालाई चार वटा वसहरु समेत हस्तान्तरण गर्नुभएको थियो ।
आजै उहँाले पोखरा स्थित नेपाली सेनाको पश्चिम पृतनाको भ्रमण गर्नुभएको छ ।
यस अघि उहँा मुस्ताङको जोमसोममा रहेको उच्च शिखर सैनिक शिक्षालयको भ्रमण तथा मुक्तिनाथ मन्दिरको दर्शन गरि फर्किनु भएको थियो । सो क्रममा सेनाध्यक्ष जोमसोम पुगेको समाचार सङ्कलनका लागि गएका सञ्चारकर्मीलाई प्रहरी र नेपाली शेनाले रोक लगाउँदै अभद्र व्यवहार समेत गरेको बताइएको छ ।
जोमसोम पुगे लगत्तै नेपाली शेनाको उच्चशिखर शिक्षालय पुगेपछि शिक्षालय आसपासमा पुगेका सञ्चारकर्मीहरूलाई माथीको आदेश भन्दै प्रहरी र नेपाली सेनाले शिक्षालयको तस्विर लिन र त्यहाँ आसपासमा बस्न समेत नदिएको बताइएको छ ।
सेनाप्रमुख कपुर जोमसोम पुग्नुभन्दा दुइघण्टा अगाडीदेखि जोमसोम, मार्फा, टुकुचे लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने भन्दै त्यहाँका र्सवसाधारण जनतालाई पैदल यात्राका साथै घरको छतमा जान समेत रोक लगाईएको छ ।
आजै मुस्ताङस्थीत नेपाली सेनाको उच्चशिखर शिक्षलयमा भारतिय सेनाध्यक्ष कपुरसहित आएकी प्रधान सेनापती छत्रमानशिहं गुरुङ , मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, उच्च शिखर शिक्षालयका सेनानी पुर्ण चन्द्र थापा सेनानी लगायतका उच्च अधिकारीहरूवीच गोप्य बार्ता भएको बताईएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks