Loving nepal news

Saturday, January 23, 2010

सदभावना पाँच प्रदेशको पक्षमाः अध्यक्ष सरीता गिरी

अजय शाह, ९ माघ

नेपाल सदभावना पार्टीका अध्यक्ष सरीता गिरिले सदभावना पार्टी मुलुकमा पाँच वटा प्रदेश हुनुपर्ने पक्षमा रहेको बताउनु भएको छ । जनकपुरमा संचारकर्मीहरुसंग कुराकानी गर्दै खसवादी पार्टी मुलुकमा साम्यवादी व्यवस्था लाद्नको लागि १४ प्रदेशको अवधारणा ल्याएको बताउनुभयो । अध्यक्ष गिरिले मधेसमा दुइवटा प्रदेश बनाउनुको कुनै औचित्य नरहेको बताउँदै मधेसवादी दलहरुले यस सम्बन्धमा देखाएको रवैया चिन्ताजनक भएको बताउनु भयो ।
अध्यक्ष गिरिले मधेसवादी दलहरु यस सम्बन्धमा एक भएर अघि बढ्नु पर्ने विचार राख्दै उहाँले मधेसवादी दलहरु बिचमा एकताको खाचो रहेको औल्याउनु भयो । उहाँले मधेसवादी दलहरुलाई सरकारमा सहभागि दलहरु प्रयोग गरिरहेको बताउनु भयो । सरकारले उपराष्ट्रपतिलाई सक्रिय बनाउन ल्याएको संविधान संशोधनको सातौं संशोधनले हिन्दी भाषामाथि प्रहार गर्न ल्याएको भन्दै यसको विपक्षमा आफ्नो पार्टी रहेको बताउदै अध्यक्ष गिरिले सदभावना पार्टीले अधिकताको विवाद यहि २० गते फैसला हुने भएको कारणले त्यसपछि सदभावना अधिकारिक रुपमा आउने बताउनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks