काठमाडौं, ७ माघ (दैनिकी)
बलीवुडका नायक सलमान खान जहिले पनि आफ्नो प्रेम सम्बन्धहरुका कारण चर्चामा रहेको छ। उनको अनेकौ नायिकाहरुसंग प्रेम सम्बन्ध रहेको थियो। तर हाल उनले आफ्नो यस्तो सम्बन्धहरु टुट्नुको कारण आफु नभएको बताएका छन्। उनका अनुसार उनले आफ्नो व्यवसायिक तथा नीजी दुबै सम्बन्धहरुमा आफ्नो वचन कहिल्यै नतोडेको बताए।
म एक वचनवादी मानिस हुँ, मेरो कसै संग सम्बन्ध टुटेका थिए भने यो उनीहरुको कारणले नै हो।
मलाई सम्बन्धहरुको महत्वबारे थाहाँ छ त्यसैले म कसैको कार्यमा दखल गर्न चाहान्न। यदी मैले कसैलाई वचन दिए भने म त्यस वचनमा अडिरहन्छु। चलचित्र वीरको प्रचारका लागि दिल्लीमा आएका सलमानले पत्रकारहरुसंग यी अभिव्यक्तीहरु दिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks