Loving nepal news

Saturday, January 23, 2010

वाईसिएल विघटन गर्नु पर्ने

गणेश निरौला इटहरी, ८ माघ

प्रधानमन्त्री माधवकुमार नेपाल राज्यको नीति र कानुनको पालना गर्ने हो भने माओवादीले अर्ध सैनिक दस्ताको रुपमा परिचालन गर्दै आएको वाईसिएल तत्काल विघटन गर्नु पर्ने वताउनुभएको छ ।
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठन धरानको ७ औ दिक्षान्त समारोेहलाई संबोधन गरी र्फकनेक्रममा संचारकमीहरुसंगको कुराकानिमा बोल्दै प्रधानपन्त्री नेपालले सो कुरा बताउनुभएको हो । उहाँले माओवादीको अर्ध सैनिक दस्ता वाईसिएल विघटन गराउन आफुले पहल गरिरहेको जानकारी दिनुभयो । एकिकृत माओबादीले माघ १० गतेदेखी अनिश्चितकालिन आम हड्ताल गर्दै छ सरकारको तयारी कस्तो छ भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले लोकतन्त्रमा सबैलाई बिरोध गर्न पाउने अधिकार रहेको प्रतिकृया दिनुभयो । रक्षा मन्त्रिको सेना समायोजन संबन्धी यसअघिको अबिब्यक्तिका बारेमा सोधिएको प्रश्नमा आफुले हिजोनै संसदमा बोलीसकेकाले अहिले बोल्नुको कुनै औचित्य नरहेको बताउनुभयो । उहाँले संसदमा रक्षामन्त्रीको भनाई ब्यक्तिगत भएकाले सरकारको आधिकारीक धारणा नभएको स्पष्ट पार्नुभएको थियो ।
यसअघि आजै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौ दीक्षान्त समारोहमा सहभागिभै उहाँले देश संक्रमणकालिन अवस्थामा रहेकाले सवैले संयम रहेर काम गर्न सकेमा मात्र सहजरुपमा देश निर्माण हुने बताउनुभएको छ । देशले चिकित्सक र स्वास्थ्य सेवाको क्षेत्रलाई मौलिक हकको रुपमा लिएकाले बताउदै प्रधानमन्त्री नेपालले प्रत्येक चिकित्सकहरुले आम नागरिकलाई शुलभ स्वास्थ्य सेवा दिने विषयमा गम्भीर हुनु पर्नेमा जोड दिनुभयो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस क्षेत्रको मात्रै नभई राष्ट्रकै गौरव रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो,- प्रंतिष्ठानले पर्ूर्वी नेपालमा मात्र होइन देशभर नै उच्चस्तरी स्वास्थ्य सेवा पुर्‍याएको छ यो सराहनिय कार्यहो ।
दिक्षान्त समारोहमा कुलपतिको हैसियतले सहभागि भई प्रधानमन्त्री नेपालले १ हजार ५ सय ६ जना विद्यार्थीलाई कार्यक्षेत्रको अनुमति सहित दीक्षित गर्नु भएको छ । उहाँले प्रतिष्ठानवाट उत्पादित विभिन्न संकायका चिकित्सक तथा प्राविधिक विद्यार्थीहरुलाई दीक्षित गर्नु भएको हो ।
प्रतिष्ठानको सातौ दीक्षान्त समारोहमा प्रमुख अतिथि अखिल भारतीय आयुर्विज्ञान संस्थान दिल्लीका निर्देशक प्रोफेसर डा. रमेश सी डेकाकाले विश्व चिकित्सा विज्ञानमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सवैले मिलेर समाधान खोज्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रतिष्ठान संचालक समितिका सिनेट सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
यसैगरी प्रधानमन्त्री नेपाल धरान आउने थाहापाएपछी एकिकृत नेकपा माओबादीका कार्यकर्ताहरु कालोझण्डा देखाउन बिराटनगरदेखी धरानसम्म तैनाथ बसेपनी उनिहरुको कार्यक्रम बिफल भएको थियो । प्रधानमन्त्री हवायीमार्गबाट बिराटनगरहुदै धरान आउने थाहा पाएर सडकमा बसेका माओबादी कार्यकर्ताहरु खराब मौसमका कारण हेलिकोप्टरमार्फ धरान आएपछी उनिहरुको कार्यक्रम बिफल भएको हो । सैयौको संख्यामा रहेका माओबादी कार्यकर्ताहरुको कार्यक्रमलाई बाक्लो हुस्सुले बिफल गराएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks