Loving nepal news

Sunday, January 17, 2010

सलमानको पत्रकार सम्मेलनमा हंगामा, चारजना घाईते


काठमाडौं, ३ माघ (दैनिकी)

बलीवुड फिल्म वीरको प्रचारका लागी हैदराबाद पुगेका अभिनेता सलमान खानको पत्रकार सम्मेलनमा हंगामा भएको थियो। उक्त हंगामामा चारजना घाईते भएका छन्। खबरका अनुसार २२ जनवरीमा प्रदर्शन हुन गईरहेको चर्चित चलचित्र वीर को प्रचारका लागी सलमान खान हैदराबाद पुगेको थियो।
उनीसंग प्रचारका लागी यस चलचित्रका अभिनेत्री जरीन खान पनि संगै गएकी थिइन। हैदरवाद शहरको एक मालमा उक्त पत्रकार सम्मेलनको आयोजना गरेको थियो। आफुले मन पराएको चलचित्र अभिनेतालाई आफ्नो सामु देखापर्दा त्यहाँ उपस्थित हजारों मानिसहरुबीच धक्कामुक्का भएबाट उक्त दुर्घट्ना भएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks