Loving nepal news

Monday, January 11, 2010

शाहिद तथा दीपिका संगै


काठमाडौं, २८ पुष (दैनिकी)

अभिनय भन्दा बढी आफ्नो प्रेम प्रसंगले चर्चामा आएको नायिका दीपिका पादुकोणले नँया मित्र पाएकी छिन्। रणबीर कपूर संग छुट्टिएपछी दिपिका एक्लै भएकी थिईन। उनले रणबीर कपूरसंग फेरी नजिकिने अनेकौ प्रयाश गरेतापनि सो सफल हुन सकेन।
उनले आफ्नो व्यक्तिगत जिवन तथा पेशेवर जीवनमा फरक रहेको बताएका थिईन। उनले यसलाई रणबीर कपूरसंग फेरी चलचित्रमा खेल्नका लागी भनेको भएतापनि रणबीरले कुनै वास्ता गरेका थिएनन्। यस कारण दीपिका आफ्नो दु:ख सु:ख बाड्न नँया साथीको खोजीमा थिइन।
अप्सरा चलचित्र पुरस्कार समारोह उनी राम्रो साडीमा आएकी थिईन। कोरियाग्राफरबाट निर्देशक बनेका अहमद खानको नँया चलचित्रमा शाहिद तथा दीपिकाको जोडी बनेर आउने भएको छ। यस चलचित्रका नायक शाहिद दीपिकाको नँया मित्र बनेको खबरले आजकाल बलिउडमा निक्कै चर्चा पाएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks