Loving nepal news

Friday, January 29, 2010

लिफ्ट खस्दा नेपाली खेलाडीहरु घाइते

आयोजकको गम्भीर लापरवाही
ढाका १५ माघ (दैनिकी)

११ औँ दक्षिण एसियाली खेलकुद सागमा भाग लिन गएका नेपाली खेलाडीहरु लिफ्ट खस्दा गम्भीर घाइते भएका छन् । पत्रकार सरिता श्रेष्ठका अनुसार ढाकाको इम्पेरियल होटलको चार तल्लाबाट लिफ्ट खस्दा जुडोका ५ र भारत्तोलनका २ खेलाडीहरु गम्भीर घाइते भएका हुन् ।
घाइतेमध्ये जुडो खेलाडी देबु थापा र कालुमान तामाङ्गको अवस्था गम्भीर छ । थापा यसअघिको संस्करणकी पदक विजेता हुन् । अन्य घाइतेहरुमा रमेश मगर राधादेवि राई,गाेपाल श्रेष्ठ र ज्ञान बहादुर श्रेष्ठ रहेका छन् भने एउटा खेलाडीकाे नाम खुल्न सकेकाे छैन ।
लिफ्ट खसेको लामो समयसम्म पनि साफ आयोजक बंगलादेशका खेल अधिकारीहरुले सम्पर्क नगरेको पत्रकार श्रेष्ठले जानकारी दिनुभयो ।
खाना खाने जाने क्रममा चौथो तल्लामै लिफ्ट अड्केर एकैचोटी चार तला तल खसेको थियो । अायाेजक पक्षले हाेटलकाे व्यवस्था गरेकाे नभएर नेपाली पक्षले गरेकाे थियाे ।
खेलाडीहरुलाई भर्खरैमात्र एम्बुलेन्समा हालेर उपचारका लागि लगिएकाले कसलाई कति चोट लागेको छ र नेपाली खेलाडिहरु खेल्न सक्ने अवस्थामा छन छैनन भन्ने विस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।
जुडो नेपालले पदकको अपेक्षा गरेको प्रमुख खेल हो । ढाकबाट प्राप्त जानकारीअनुसार यो दुर्घटनापछि खेलाडिहरुको मनोबल खस्केको छ ।
बङ्गलादेशको ढाकामा शुक्रबार साँझ उद्घाटन हुने सागका प्रतियोगिताहरू भने शनिबारदेखि सुरु हुनेछन् ।

सार्क राष्ट्रअर्न्तर्गत आठ वटा देशहरूको सहभागिता रहेको प्रतियोगिताको साँझ औपचारिक रुपमा उदघाटन हुने बताइएको छ । उदघाटन समारोहमा तीन हजार खेलाडीहरूले आफ्नो प्रदर्शन देखाउने छन् । प्रतियोगितामा २३ वटा खेल समावेश गरिएको छ । साग खेल सन् १९८४ मा नेपालबाट सुरु भएको हो ।विभिन्न कारणले गर्दा केही वर्षसाग स्थगित भएको थियो । पाकिस्तानमा सम्पन्न नवौँ सँस्करणमा साफबाट यसको नाम साग राखिएको थियो । बङ्गलादेशको यो तेस्रो पटकको आयोजना हो ।
यसअघि सन् १९८५ मा पहिलोपटक आयोजना गरेको बङ्गलादेशले सन् १९९३ मा दोस्रो पटक आयोजना गर्‍यो । आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, श्रीलङ्का, भारत, माल्दिभ्स्, पाकिस्तान र प्रतियोगितामा अफगानस्तानको सहभागिता रहेको छ ।
प्रतियोगितामा नेपालका दुइ सय ८३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली खेलाडीहरू प्रतियोगिताका लागि बुधबार र बिहीबार नै ढाका पुगिसकेका छन् । नेपाली खेलाडीहरूको साथमा विभिन्न प्रशिक्षक तथा खेलकुद पत्रकारहरूको सहभागिता रहेको छ । प्रतियोगितामा एक सय ५० भन्दा बढि स्वर्णदकको लागि प्रतिस्पर्धा हुनेछ । त्यसमध्ये नेपालले एक सय ३२ स्वर्ण प्रतिस्पर्धा गर्ने बताइएको छ । आज भन्दा १० वर्षघि भएको सागमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।
साग खेलकुदमा भारतको बर्चस्व रहँदै आएको छ । नेपालले पहिलो सँस्करणमा ४ स्वर्ण जितेकोको थियो भने दोस्रोमा एकमात्र स्वर्ण जितेको थियो ।तेस्रो सँस्करणमा आइपुग्दा नेपालले दुई स्वर्ण जितेको भने चौँथोमा एक स्वर्ण चित्त बुझायो । पाँचौ सागसम्म आइपुग्दा नेपालले दुईस्वर्ण हात पार्‍यो भने छैटौँ सागमा एक स्वर्ण जित्यो ।सातौँ सागमा चार स्वर्ण पदक जितेको नेपालले आठौँ सँस्करणमा आइपुग्दा नेपाल ३१ स्वर्ण पदक जित्न सफल रह्यो ।
नवौं सागमा सात स्वर्ण जतेको नेपालले दशौँ सागमा पनि सात स्वर्ण जित्यो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks