Loving nepal news

Sunday, January 31, 2010

वन्द उलङ्घन गरेको ट्रकमा आगजनि

वन्दको कुनैपनि प्रभाव परेन
सञ्जीव चापागाई ,झापा १७ माघ

झापाको चारालिमा किराँत जनवादी वर्कश पार्टिका कार्यकर्ताहरुले आज विहान एउटा ट्रकमा आगजनि गरेका छन । वर्कशले झापामा आजवाट आवाहान गरेको आनिस्चीतकालिन वन्द उलङ्घन गरेको भन्दै विहान मे १ ख १२३० नम्वरको कुचो वोकेको ट्रकमा आगजनि गरेको हो । तिन जनाको संख्यामा आएको सो समुहले ट्रकमा आगजानि गरी भागेको र तत्काल आगो नियन्त्रणमा लिएका कारण सामान्य मात्रै क्षति भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
प्रहरीद्वरा केहिदिन अघि पक्राउ गरिएका आफ्ना दुइ कार्यकर्ता रीहायीको मोग गर्दै वकर्सले आजवाट अनिस्चीतकालिन झापा वन्दको आवाहान गरेपनि वन्दको प्रभाव भने परेको छैन। झापाका केहि स्थान वाहेक अन्य सवै सहायक सडक र मुख्य राजमार्गमा समेत सवारी निवार्द रुपमा संचालनमा रहेको छ ।
त्यस्तै वजार पसल समेत पुर्णरुपमा खुलेको जील्ला प्रहरी कार्यालय झापाले जनाएको छ। केहि दिन अघि झापा विर्तमोडका व्यपारी दिनेश मित्तलालाई लक्षित गरी उहाको घरमा गरीएको गोलि प्रहारको घटनामा संलग्न भएको आरोपामा प्रहरीले वकर्शका कार्यकर्ता गोपाल थापामगर र ओम मिश्र लाई पक्राउ गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks