बलिउडका अभिनेता सलमान खानले पनि आफ्नो नँया चलचित्र वीरको प्रचार नँया शैलीमा गर्ने भएका छन। आमिर खानले थ्री ईडियट्सको प्रचारमा भिन्न शैली अपनाय देखी बलिउडका निर्माता निर्देशकहरुले आ-आफ्ना चलचित्रहरु नँया ढगंले प्रचार गर्नमा लागेका छन्। हालै 'दूल्हा मिल गया' चलचित्रको प्रचारका लागी साच्चैकै जन्ती समेत निकालेका थिए।
सलमानले भने आफ्नो नँया चलचित्रका लागी साना बाल बालिकाहरुलाई भेटेर उनीहरुलाई आत्मविश्वासी तथा बहादुर बन्नका लागी प्रेरित गर्दैछन्। यसका लागी उनी जमनाबाई नामको स्कूलमा गएर सलमानले बाल बालिकाहरुलाई भेटेका थिए। यस स्कूलमा उनले एक कार्यक्रमको आयोजना गरेको थियो जसमा १९ स्कूलहरुले भाग लिएको थियो। सलमानले यस कार्यक्रममा आफ्नो नँया चलचित्र वीरको म्यूजिक सीडी वितरण गर्नुका साथ बच्चाहरुसंग नृत्य पनि गरेको थिए। जानु अगाडी उनले अधिकासं बाल बालिकाहरुलाई अटोग्राफ समेत दिन भ्याएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks