यज्ञमूर्ति तिमिल्सिना/पाल्पा १८ पुष
आइतबार देखि तानसेन टुँडिखेल मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। जिल्लामा हुन लागेको यो पाहिलो महिला क्रिकेट प्रतियोगिता हो। क्रिकेट संघ पाल्पाको आयोजनामा पुष १९ गते देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सरकारी तथा निजि बिद्यालयका ८ टिम सहभागी हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा १६ बर्षमुनिका बिद्यालय स्तरका छात्राहरु भिड्ने छन्।
महिला खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष राजेश श्रेष्ठले बताए। ६ दिन चल्ने खेलमा चार चार टिमलाई दुई समुहमा बिभाजन गरिएको संघले जानकारी दिएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks