Loving nepal news

Saturday, January 2, 2010

क्याम्पस भवन निर्माणका लागि नेपालगंजमा श्रीमद भागवत महापुराण एवं धनधाञ्चल महायज्ञ आयोजना गरिने

बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको भौतिक विकास, प्राविधिक शिक्षालय संचालन एवं डिग्री भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले नेपालगंजमा आगामी माघ १९ देखि २६ गतेसम्म श्रीमद भागवत महापुराण एवं धनधाञ्चल महायज्ञ आयोजना गरिने भएको छ। कथावाचक दीनबन्धु पोख्रेलले प्रवचन दिने महायज्ञ तयारीका लागि बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका संचालक समितिका अध्यक्ष हरिप्रसाद रावलको संयोजकत्वमा ५ हजार १ सदस्यीय मूल समिति र विभिन्न ४७ वटा उपसमिति गठन गरिने तयारी भइरहेको छ। महायज्ञका लागि आवश्यक प्रचार प्रसार, आर्थिक, व्यवस्थापन, भजनकृतन, संचार, स्वयमसेवक, अतिथि, सम्मानलगायतका उपसमिति गठन गर्ने र महायज्ञलाई भव्यरुपमा संचालन गर्ने तयारी भइरहेको आयोजक पक्षले जनाएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks