Loving nepal news

Wednesday, January 13, 2010

सैघियाताको कतै बिरोध त कतै समर्थन

गणेश निरौला इटहरी २९ पुष

राष्ट्रिय जनमोर्चाले आव्हान गरेको पूर्वाञ्चल बन्दलाई कुनै हालतमा सफल हुन नदिने भन्दै लिम्बुवान सम्बद्ध पूर्वेली संघ सस्थाहरुले आज सुनसरीको इटहरीमा सो जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीको पुत्ला जलाएका छन।
संघिय सासनले मुलक टुक्रा–टुक्रा हुने भन्दै सो मोर्चाले बिहिबार पूर्वाञ्चलका मेची, कोशी र सगरमाथा अञ्चल बन्दको घोषणा गरेको थियो। जनमोर्चा प्रति निकै आक्रोशित बनेका लिम्बवान समर्थक कार्यकर्ताहरुले सुनसरीका धरान इटहरी, इनरुवा लगायतका स्थानमा प्रदर्सन गर्नुको साथै टाउ ठाउमा अध्यक्ष चित्रबहादुर केशिको पुत्ला जलाएका थिए।
बजारको मुख्य चौकमा कोण सभा गरी संघियताको गलत व्याख्या गर्ने जो सुकैलाई भौतिक कारवाही गरी देश निकाला गर्ने चेतावनी दिएका छन्। कोणसभामा एकिकृत माओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रिय सदस्य गजेन्द्र पालुङ्वाले बिगतमा राजामहाराजाहरुले नेपाली जनताहरु माथि गरेको हर्कतलाई बिर्सेर अधिकारका लागि उठेको् संघियताको मुद्दालाई आझेलमा पार्ने जो कसैलाई त्यसै नछाडिने चेतावनि दिए ।
संयुक्त लिम्बवान मोर्चाले गरेको मोटरसाईकल र्यालीको समापन गर्दै इटहरीमा भएको कोण सभामा मञ्च सम्बद्ध संघिय लिम्बवान राज्य परीषदका असोक चेम्जोङ, खम्बुवान डेमोक्रेटिक फ्रन्टका खेवाहाङ राई लगायतले बोलेका थिए। मोटरसाईकल र्यालीमा निस्केको सो लिम्बवान सम्बद्ध कार्यकर्ताहरुले संघिय बिरोधी होसीयार, लिम्बुवान बासि एक हौ लगायतका नारा लगाएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks