राजेश घिमिरे/चितवन ४ माघ
उपचारमा डाक्टरले लापरवाहि गरेकै कारण घाईतेको मृत्यु भएको दावी गर्दै मृतकका आफन्तले गरेको आन्दोलनका कारण कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भरतपुर सोमवार दिनभर तनावपुर्ण बनेको छ। जुटपानी ९ गडुवा बस्ने १७ बर्षीय ईन्द्रा श्रेष्ठको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो। घर नजिकै मोटरसाईकल दुर्घटनामा परि घाईते भएर पौष २३ गते अस्पतालमा भर्ना गरिएकी श्रेष्ठलाई अस्पतालले हिजो साँझ मृत घोषणा गरेको थियो। डाक्टरको लापरवाहिकै कारण श्रेष्ठको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासिले विहान १० बजेबाट मेडिकल कलेजमा धर्ना दिदै प्रदर्शन गरेका थिए। प्रदर्शन पछि अस्पतालमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
उता अस्पताल भित्र अस्पताल प्रशासन, पीडितका प्रतिनिधि तथा प्रहरी कार्यालयका प्रतिनिधिबीचको वार्ता चलिरहेको छ। अस्पतालमा धर्ना दिन गएका आक्रोसित युवाहरु मुल गेटमा बसेर बिरामिलाई अस्पतालमा प्रवेशमा समेत रोक लगाएका छन्। आक्रोसित युवाहरुले अस्पतालको झयालमा ढुङ्गा प्रहार गर्दा केहिवेर स्थिती असामान्य बनेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks