Loving nepal news

Sunday, January 17, 2010

माओवादी लडाकुको समायोजनावीना संविधान बन्दैनःकांग्रेस

पवन पौडेल तनहुँ ३ माघ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्दराज जोशीले माओवादी लडाकुको समायोजनविना संविधान बन्न नसक्ने बताउनुभएको छ । लोकतान्त्रिक युवा समाज चापाघाटको तेश्रो बाषिर्कोत्सवका अवसरमा व्यास ८ चापाघाटमा आयोजित कार्यक्रममा बोल्दै उहाँले दलहरुले जनतालाई दिएको वाचा अनुरुपको संविधान बन्न अब जम्मा पाँच महिना मात्र बाँकी रहेकाले चाँडो संविधान निर्माणमा सबै लाग्नुपर्ने बताउनुभयो ।
मुख्य तीन दलका नेताहरु एकजुट भए एक महिनाभित्रै संविधान निर्माण गर्न सकिने नेता जोशीले दावीसमेत गर्नुभयो । कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता जोशीले तीनदलीय संयन्त्र बन्दा कांग्रेस र एमालेभित्रै सल्लाह नभएकाले यसले प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो । अर्को एक प्रसंगमा कांग्रेसमाथि पटक पटक आक्रमण हुने गरेको प्रसंग कोट्याउँदै यसलाई जोगाउन युवाहरुको अहम् भूमिका रहेकेा बताउनुभयो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks