काठमाडौं, १४ माघ(दैनिकी)
उपराष्ट्रपति पदमा निस्कृय परमानन्द झालाई सक्रिय बनाउने संकल्प समेत संविधानको सातौं संशोधन व्यवस्थापिका संसदबाट आज पारित हुँदैछ। उपराष्ट्रपति पदलाई सक्रिय बनाउन सरकारले संसदमा विधेयक दर्ता गराएको हो। विधेयकलाई पारित गर्न दुई तिहाइ आवश्यक पर्ने भएकोले प्रमुख दलहरुले अनिवार्य उपस्थितीका लागि आफ्ना सभासद्हरुलाई ह्वीप जारी गरेका छन्।
उपराष्ट्रपति झालाई सक्रिय बनाउने संकल्पसहित नेपालको अन्तरिम संविधानको सातौं पटक संसोधन गर्न लागिएको हो । निर्वाचित भए पनि सपथग्रहण नगरेको अवस्थामा उपराष्ट्रपति रहेपछि उहाँको पदको सक्रियताको लागि सरकारले व्यवस्थापिका संसदमा सविधान संसोधन विधेयक दर्ता गराएको हो ।
सरकारले ल्याएको विधेयकले उपराष्ट्रपतिको पद सकि्रय नहुने भन्दै यसअघि माओवादीले संकल्प प्रस्तावसमेत ल्याउनुपर्ने अडान राखेको थियो । सोहीअनुरुप प्रमुख ३ दलले उपराष्ट्रपतिको पदको सक्रियताको लागि संकल्प प्रस्ताव समेत दर्ता गराएका छन् । व्यवस्थापिका संसदको वैठक आज अपरान्ह साढे ४ बजेपछि बस्दै छ ।
पराष्ट्रपति परमानन्द झाले संविधानविपरीत हिन्दी भाषामा सपथ लिएपछि उत्पन्न भएको विवाद अन्त्य गर्न सरकारले सातौं संशोधन विधेकयक ल्याएको हो ।
उपराष्ट्रपति झाले हिन्दीमा लिएको सपथ सर्वोच्च अदालतले बदर गरेपछि देश अहिले उपराष्ट्रपतिविहीन अवस्थामा रहेको छ।
उपराष्ट्रपतिलाई नेपालीमा सपथ लिन सरकारले आग्रह गरे पनि झाले नेपालीमा सपथ लिन अस्वीकार गरेपछि उहाँको पद निष्क्रीय बनेको हो । उहाँलाई उपराष्ट्रपतिको हैसियतमा दिइएको सुविधासमेत कटौति गरिएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks