Loving nepal news

Tuesday, January 19, 2010

अबतार भन्दा हर्ट लकर अगाडी


द हर्ट लकरलाई सर्वश्रेष्ठ फिल्म
काठमाडौं, ५ माघ (दैनिकी)

हर्ट लकरलाई १५ साल पछि क्रिटिक्स च्वाइस अवार्डमा सर्वोत्कृष्ट फिल्मको पुस्कार हात पारेको छ भने त्यही बक्स अफिसमा धुम मचाउने फिल्म अवतारले सर्वोत्कृष्ट एक्सन फिल्म सहित पाँच विधामा सफलता हात पारेको छ ।
हलिउडको आयोजित एक सानदार समारोहमा कम लगानीको फिल्म द हर्ट लकरलाई सर्वश्रेष्ठ फिल्मको अवार्ड प्रदान गरियो । यो फिल्म इराकमा कार्यरत अमेरीकी बम निरोधक दस्ता सम्बन्धी कथा वस्तुमा आधारित छ । यसका निर्देशक केथरिन बिगेलोले अवतारका निर्देशक जेम्स केमरुनलाई आस्चार्यजनक तरिकाले पछि पारि सर्वोत्कृष्ट निर्देशकको पुरस्कार हात पारे । सर्वश्रेष्ठ अभिनेताको सम्मान क्रेजी हार्ट फिल्मका अभिनेता जेफ बि्रज्सलाई प्रदान गगियो भने सर्वश्रेष्ठ अभिनेत्रीको लागि मेरिल स्टि्रप र सान्डा बुलाकलाई सयुक्त रुपमा प्रदान गरियो ।
केमरुनको महत्वकांक्षी फिल्म अवतारलाई सर्वोत्कृष्ट सिनेमेटोग्राफी, सर्वोत्कृष्ट निर्देशन, सर्वोत्कृष्ट एडटक, सर्वोत्कृष्ट भिजुयल इन्फेक्सन, सर्वोत्कृष्ट सकउन्ड र सर्वोत्कृष्ट फिल्मको विधामा पुरस्कार हात पार्यो । यसले सर्वाधिक कमाई गर्ने फिल्म टाइटनिकलाई पनि पछि पार्यो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks