Loving nepal news

Thursday, January 21, 2010

काजोलको पुन प्रेवेशले अन्य नायिकाहरुलाई मर्का

माई नेम इज खान चलचित्र मार्फत हिन्दी चलचित्र इतिहाँसकै सफलतम जोडी फेरी पर्दामा देखिने
काठमाडौं, ८ माघ (दैनिकी)

बलिउडका नायिकाहरुबीच शिर्ष स्थानकालागी सधै होडबाजी भइरहेकै हुन्छ। तर हाल यस स्थानकालागी काजोलको पुनरागमनले सबैलाई चिन्तित बनाएको छ। हाल सम्म करिना र कैटरिना बीच यस स्थनकालागी प्रतिस्पर्धा भइरहेको थियो। करिनाका अनुसार गत बर्षलाई हेर्ने हो भने उनी अन्य नायिकाहरुभन्दा निकै अगाडी रहेको थिए।
तर २०१० मा माई नेम इज खान चलचित्र मार्फत हिन्दी चलचित्र इतिहाँसकै सफलतम जोडी अर्थात शाहरूख खान तथा काजोल फेरी एक साथ देखा पर्ने भएका छन्। काजोलको चलचित्रमा पुनरागमनले एकातिर हिन्दी चलचित्रका दर्शकहरुमा खुशी छाएको छ चने नायिकाहरुमा आ-आफ्नो स्थानकालागी भए छाएको छ। हाल सम्म यस जोडीको पहिलेका चलचित्रहरुबारे सोच्ने हो भने माई नेम इज खान पनि पकै सफल हुनेछ।
गत बर्ष करिनाको थ्री ईडियट्सले उनी अहिलेका सबभन्दा सफल नायिका हुन भनेर भन्ने अवस्था रहेको छ तर २०१० मा हालसम्म उनको कुनै नाम चलेको चलचित्र प्रदर्शन हुने छाटकाट देखिएको छैन। उता कैटरीना आफ्नो नँया चलचित्र राजनीतिबाट शवर्ष स्थानमा पुग्ने दाउमा रहेकी छिन्। यस्तो अवस्थामा काजोलको पुनरागमनले सबैलाई चिन्तित बनाएको हो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks