Loving nepal news

Sunday, January 3, 2010

नेपालमै पहिलोपटक गिटारबाधक प्रतियोगिता

उपाधि विजेतालाई एकलाख रुपैयाँ पुरस्कारसँगै थुप्रै पुरस्कार दिइने
विजय नेपाल पोखरा, १८ पुस

नेपालमै पहिलोपटक गिटारबाधक प्रतियोगिता आयोजना हुने भएको छ। उपाधि विजेतालाई एकलाख रुपैयाँ राशीको पुरस्कारसँगै थुपै्र पुरस्कार दिने घोषणा गरिएको सो प्रतियोगिता राजधानीस्थित तकाम फिल्मस् प्रालि तथा गिटार मायष्ट्रो प्रालिले आयोजना गरेका हुन्।
इमेल टेलिभिजनको प्रस्तुतिमा जनवरीको अन्त्यपछि छनौट गरिने सो प्रतियोगितामा सहभागिता जनाउन देशका विभिन्न सहरबाट अडिसन लिने काम सुरु भएको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक केशव ढकालले बताए। जसअनुसार यही पुस २८ गते पोखराको होटेल बाराहीमा यस क्षेत्रका गिटारबाधकहरुको अडिसन गरिनेछ। यसअघि काठमाडौ र धरानबाट अडिसन लिइसकिएको छ।
राजधानीबाहिरबाट एकसयजना प्रतियोगीहरुलाई अडिसनमार्फत् छनौट गरिने कार्यक्रम निमर्ाँता एवं निर्देशक विनोद शर्माले पत्रकार सम्मेलनमा बताए। छनौटमा परेकाहरुलाई राजधानीमा थप प्रशिक्षण गरिने र उत्कृष्ट २० जनालाई खाना र बासको ब्यवस्था गरिने जनाइएको छ।
उपाधि विजेताले एकलाख नगदसँगै दुई हजार डलर बराबरको गिटार, म्यूजिक एल्बम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साँस्कृृतिक तथा साँगीतिक कार्यक्रमहरुमा सहभागी हुन पाउनेछन्। प्रतियोगीताका निर्णायकहरुमा इमान शाह, बहिर जुराह,ि सुनित कंशाकर, निमा रुम्बा र गरिमा गुरुङ शाह छन्। अडिसनका लागि मात्रै एकहजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks