Loving nepal news

Sunday, January 31, 2010

दुई हतियार तत्काल एक नभए देशमा गृहयुद्धःपुर्व गृहमन्त्री थापा

राजेश घिमिरे/चितवन १७ माघ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व गहमन्त्री कमल थापाले माओवादी र सरकारसँग भएका हतियार जतिसक्दो छिटो एक नबनाईए मुलुक गृहयुद्धमा फस्ने दावी गर्नुभएको छ । माओवादी लडाकुहरुलाई सम्झौता अनुसार समायोजन, व्यवस्थापन तथा पुर्नस्थापन गर्न ढिला गर्नु नहुने भन्दै थापाले कुनै पनि राजनीतिक दलका साथमा हतियार र सेना रहनु देशको हितमा नहुने तर्क गर्नुभयो । राप्रपा नेपालको कार्यकर्ता भेलालाई संबोधन गर्दै हिजाे उहाँले राजनीतिक दलहरु संबिधान समयमै निर्माण गर्ने गर्फ नलागि संबिधानसभाको भिति लम्वाउन तर्फ मात्र लागेको भन्दै समयमै नयाँ संबिधान जारी नगरिए देशमा संबैधानिक संकट निम्तने बताउनुभयो । माओवादी समेत काग्रेश र एमालेको लहैलहैमा लागेर संबिधानसभाको मिति लम्व्याउन खोजिरहेको खबर आफुले पाएको भन्दै थापाले समयमै संबिधान नबने पुनः संबिधनसभाको निर्वाचन गर्नुपर्ने दावी गर्नुभयो । तीनदलले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्र औचित्य हिन र अवैधानिक रहेको उहाँको भनाई छ । सो संयन्त्र संबिधान सभाको मिति थप्नैका निम्ति निर्माण गरिएको दावी उहाँको छ । समयमै संबिधान निर्माणका लागि दवाव दिनका लागि राप्रपा नेपालले शुरु गरेको अभियानमा सहभागि हुनका लागि थापा चितवन आईपुग्नुभएको हो । साथै हिन्दु राष्ट्र, गणतन्त्र तथा संघियताका बारेमा जनमत संग्रह नगरिए आफुहरुलाई मान्य नहुने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks