प्रकाश डोटेल स्याङ्जा, माघ –४
क्षेत्री समाज नेपाल स्याङ्जाले जातीयताका आधारमा राज्य विखण्डन गर्नेहरु दल हुन वा जातीय संगठन जुन भएपनि त्यसका विरुद्ध एक भएर आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
क्षत्री समाज नेपालको आयोजनामा मंगलबार दार्सिङ् दहथुममा हुन लागेको जिल्ला स्तरीय क्षत्रीहरुको भूतपूर्व सैनिक एवं क्षत्री महिलाहरुको जिल्ला भेलाको पूर्वसन्ध्यामा दहथुम प्रारम्भिक समितिले वयरघारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको चेतावनी दिइएको हो।
हामी कुनै दल वा जातीय संगठनका विरुद्ध लाग्न संगठित भएका होईनौं। राज्य जोगाउन हाम्रो खबरदारी जारी रहन्छ। पत्रकार सम्मेलनमा बोल्दै क्षत्री समाज स्याङ्जाका सचिव चन्द्रबहादुर के.सी.ले दलहरुले राज्यलाई जातीय आधारमा टुक्राउने प्रयास भएमा त्यसले गृह युद्ध निम्त्याउने दावी गर्नुभयो।
राष्ट्रिय अखण्डता, जातीय सदभावका लागि क्षत्री एकता, आजको आवश्यकता भन्ने मुलनाराका साथ संगठित क्षत्री समाजले २०५३ सालमा स्थापना भएपनि राज्य विखण्डनको स्थितीमा पुगेपछि सक्रियता पूर्वक काम गर्न थालेको त्यस अवसरमा जानकारी दिइएको थियो।
कुल जनसंख्याको ५० प्रतिशत बाहुल्य नभएसम्म जातीय राज्य स्थापना भएमा त्यसले विद्रोह जन्माउने ठोकुवा गर्दै जिल्लाका क्षत्री अगुवाहरुले २०५८ को जनगणना अनुसार नेपाल अधिराज्य भरि क्षत्रीहरुको जनसंख्या १५ दशमलव ८० प्रतिशत र स्याङ्जामा ११ दशमलव १७ प्रतिशत रहेको जानकारी गराइएका थिए।
जिल्लाका २ नगरपालिका र ६० गाउं विकास समिति मध्ये पुतलीबजार र वालिङ नगरपालिका सहित जिल्ला १४ गाउं विकास समितिमा क्षत्री समाज गाउ समिति गठन गरिएको बताइएको थियो।
क्षत्री समाज नेपाल स्याङ्जाका अध्यक्ष शेरजगं अधिकारीको प्रमुख आथिथ्यतामा उक्त पत्रकार सम्मेलन क्षत्री समाज नेपाल दहथुम प्रारम्भिक समितिका अध्यक्ष भक्तबहादुर के.सी.को अध्यक्षता र सचिव श्यामकाजी अधिकारीको संचालनमा सम्पन्न भएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks