काठमाडौं, २१ पुस (दैनिकी)
माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनका लागि गठीत सेना समायोजन विषेष समितीको बैठक आज बस्दैछ । दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने बठकमा सेना समायोजन प्राविधिक समितिको गतिविधि माओवादी सेना समायोजन व्यवस्थापन र पुनस्थापनाको कार्यविधिलगायतमा छलफल हुने जनाइएकोछ । यस्तै सेना समायोजनको बारेमा राजनीतिक दलका नेताहरुद्वारा व्यक्त विवादित भानाइहरुबारेमा कुराकानी हुने जनाइएको छ ।
समितिको वैठक हरेक आईतबार बस्ने भनिए पनि माओवादीको अनुपस्थितिका कारण लामो समयदेखि बस्न सकेको छैन । साथै आजको बैठकमा अयोग्य लडाकुलाई शिविरबाट बाहिर निकालेपछि उनीहरुका लागि गरिने व्यवस्था र पुनस्थापनाको बारेमा पनि छलफल हुने जनाईएको छ । यसअघि हिजो बसेको अयोग्य लडाकू बहिर्गमन तथा पुनःस्थापनासम्बन्धी निर्देशक समितिको बैठकले माओवादी लडाकूको बहिर्गमन प्रक्रिया पर्सीबाट सिन्धुलीको शिविरबाट गर्ने निर्णय गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks