Loving nepal news

Sunday, January 31, 2010

माओवादीको चेतावनी

केशव सावद माघ-१६ गते

एकिकृत नेकपा माओवादीको जनमुक्ती सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल बलदेवले लडाकु वहिर्गमन प्रक्रिया पछिपनि शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुगे नयाँ ढँगले सोचिने चेतावनी दिनुभएको छ । कैलालीको तालवन्दस्थीत सातौँ डिभिजन अर्न्तगतका माओवादीका अयोग्य लडाकुको बहिर्गमन प्रक्रिया कार्यक्रममा बोल्दै डेपुटी कमाण्डर बलदेवले मुलुकको शान्ति प्रक्रिया खलबलाउने षडयन्त्र भए जनमुक्ती सेनाले आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिनुभयो ।
माओवादी मुलुकको शान्ति प्रक्रियाका लागि प्रतिवद्ध रहेको भन्दै उहाँले शान्ति प्रक्रियालायृ तार्किक निष्कर्षा पुर्‍याउनैका लागि सँगै मुद्धको मोर्चामा लडेका लडाकुको विदाई गर्न लागिएको बताउनुभयो । सेना समायोजनका लागि सरकारले तोकेको एकसय १२ दिनको समयसिमा सानदर्भिक भएपनि रक्षामन्त्रस् बिद्या भण्डारीले दिँदै आएका अभिव्यक्ती दोहोरिदै गए एकसय १२ वर्षमा पनि नहुने दावी गर्नुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks