राजनीतिक निकासका लागि प्रमुख तिन दलद्वारा गठित कार्यदलको बैठकले आपसी विश्वासको वातावरण बनाई अघि बढ्ने सहमति गरेको छ। बैठकमा सहभागी शीर्ष तीन दलका नेताहरुले सो सहमति गरेका हुन्। बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विगतका कमी कमजोरी सच्याउँदै अघि बढ्न नेताहरु सहमत भएको बताउनुभयो। उहाँले बैठकबाट तीन दलबीच रहेको सम्वादहिनताको स्थिति अन्त्य भएको उल्लेख गर्दै छिट्टै नै निकास आउने विश्वास व्यक्त गर्नुभयो।
राजधानीको होटेल याक ए48ड एतिमा शुक्रबार बसेको कार्यदलको बैठकमा प्रमुख तिन दलका शिर्षष्थ नेताहरुको पनि सहभागिता रहेको थियो। बैठकमा माओवादी नेता डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, देब गुरुङ्ग, काँग्रेस नेता रामचन्द्र पौडेल, डाक्टर रामशरण महत, अर्जुननरसिंह केसी र नेकपा एमालेका भरतमोहन अधिकारी, भिम रावल, प्रदिप ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks