Loving nepal news

Saturday, January 30, 2010

इंट्टा भट्टाको प्रदुषण रोक्न अर्न्तक्रिया


इंट्टाभट्टा संचालकलाई प्रदुषण नियन्त्रणका लागि नयाँ प्रविधी अपनाउन वन मन्त्रालयको सुझाव
पवन पौडेल १५ माघ

जामुने गाविसमा संचालित इंट्टाभट्टाका कारण प्रदुषण बढेको र यसले वातावरणीय समस्या निम्त्याएको भन्दै सरोकारवालाले प्रदुषण कम गर्न इंट्टाभट्टी सन्चालकसंग माग गरेका छन् । वन मन्त्रालयको आयोजना तथा जामुने गाविसको सहआयोजनामा जामुने गाविसको म्याग्दीफाँटमा आज आयोजित अर्न्तक्रिया कार्यक्रममा बोल्दै स्थानिय नागरिक समाजका प्रतिनिधि,दलका प्रतिनिधि लगायतले सो माग गरेका हुन् ।
उनीहरुले केही समययता इंट्टाभट्टीका कारण गाविसमा वातावरणीय ह्रास आएकोप्रति चिन्ता व्यक्त गरे ।कार्यक्रममा वातावरण मन्त्रालय वातावरण नियन्त्रण तथा अनुगमन शाखाक उषा उपाध्यायले वातावरण जोगाउनका लागि नयाँ नयाँ प्रविधिको चिम्नी प्रविधि भित्रिएकाले त्यसलाई प्रयोग गर्न इंट्टाभट्टा संचालकसंग आग्रह गर्नुभयो ।
उहाँले दुइ बर्षभत्र यस्ता प्रविधिको प्रयोग अनिवार्यको व्यवस्था हुने भएकाले अहिले नै यस प्रविधि अपनाउन सुझाव दिनुभयो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष एवं मीना उच्च मावि थर्पुका प्रधानाध्यापकर् इन्द्र बहादुर अधिकारी,इट्टा उत्पादक बालकृष्ण घिमिरे,घनश्याम घिमिरे लगायतले प्रदुषण नियन्त्रणका लागि अहिलैदेखी प्रयास थाल्नु आवश्यक रहेवको गाविस सचिव पुष्प खनालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks