काठमाडौं, १ माघ (दैनिकी)
बलिउडका दुई हस्तीहरु अभिनेता शाहरूख खान तथा अभिनेत्री ऎश्वर्या राय बच्चन फेरी चलचित्रमा एक साथ देखिने भएका छन्। खबरका अनुसार यी दुई बीचको दुश्मनी सकिसकेकोले यिनीहरु एक साथ फेरी चलचित्रमा देखिन लागेका हुन।
अभिनेता शाहरूख खानले बनाउन लागेको चलचित्र आरए-१ मा ऎश्वर्या रायले पनि एउटा भुमिका निभाउन मन्जुरी गरेको छ। यस चलचित्रको निर्देशन अनुभव सिन्हाले गरिरहेको छ। हाल ऎश्वर्या राय चलचित्र रावणको छाँयाकंनमा व्यस्त रहेकी छिन्। यस भन्दा अगाडी शाहरूख तथा ऎश्वर्या रायले एकसाथ चलचित्र मोहब्बते, देवदास तथा जोशमा काम गरेका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks