गणेश निरौला इटहरी, २१ पुस
सुनसरी-मोरङ्का उद्योगी-व्यवसायीसाग बिभिन्न भुमिगत समुहसहित राजनीतिक दलका र तिनका भातृ संगठनले मोटो रकम चन्दा माग गर्ने गरेकाले आज्रीत भएका हुन् । उद्योगी-व्यवसायीलाई कोही नब आगन्तुकले भेटन खोज्दा चन्दा आतंककै कारण उनीहरुले भेट समेत दिदैन् । उद्योगी-व्यवसायीसाग चन्दा माग गर्नेमा सवैभन्दा अघि एकीकृत माओबादी रहेको उद्योगी-व्यवसायीले जनाएका छन् ।
एकीकृत माओबादी खम्बुवान डेमोक्रेटिक फन्ट, मधेस तराई फोरम, एकपा एमाले लगायतका समुहले न्युनतम ५० हजार चन्दा माग गर्ने गरेकाले व्यवसायीक वातावरण सहज नभएको जनाएका छन् । उद्योगी-व्यवसायीका अनुसार चन्दा माग गर्ने क्रममा नेपाली काग्रेंस पार्टीले माग नगरेपनि भातृ संगठनले भने माग गर्ने गरेको छ ।
इटहरीको जे.वी. एस. एण्डष्ट्रिजका प्रवन्धक अनन्त बिष्टका अनुसार महिनामा कम्तीमा ५ लाख चन्दा माग हुने गरेको छ । उहाँका अनुसार केही सञ्चारकर्मीले समेत कार्यक्रमको वाहनामा चन्दा माग गर्ने गरेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks