अजयकुमार साह माघ १० गते
नेपाल सद्भभावना पार्टी आज जनकपुरमा स्वायत्त मधेश प्रदेश घोषणा गरेको छ । मधेशलाई टुक्रा टुक्रामा बिभाजित गरि पुनः मधेशलाई अधिकार न दिने षड्यन्त्र भईरहेको भन्दै सदभावना पार्टी स्वायत्त मधेश प्रदेशको घोषणा गरेको हो ।
पछिल्ला समयमा एकीकृत नेकपा माओवादीले मधेशका ११ वटा जिल्ला समेटेर मधेश प्रदेश घोषण गरेपछि सद्भावना पार्टी स्वायत्त मधेश प्रदेश घोषण गरेको जनाएको छ ।
आज जनकपुरको जानकी मन्दिर प्रांगणमा आयोजित एक समारोह बिच पार्टी कार्यवाहक अध्यक्ष विकास तिवारीले स्वायत्त मधेश प्रदेशको घोषणा गरेका छन । यस अघि पार्टी कार्यवाहक अध्यक्ष विकास तिवारीले संविधान सभाको राज्य पुनरसंरचना समितिले नेपालमा १४ वटा प्रदेश राख्नका लागि गरेको सिफारिशलाई विरोध गरेका थिए ।
सदभावना अध्यक्ष तिवारीले ठूला दलहरु आफ्नै मनपरी ढंगबाट राज्य पुनर्संरचना गरेकोले देशमा ठूलो व्रि्रोह हुने चेतावनी दिनु भएको छ । कार्यवाहक अध्यक्ष तिवारीले मधेशी दलहरुको सहनशीलतालाई कमजोरी ठानेको खण्डमा त्यसबाट गम्भीर दुर्घटना आउन सक्ने तर्फसबैलाई सचेत रहनु पर्ने बताए ।
उहांले मधेशी दलहरुसंग भएको सम्झौता सरकारले अझै कार्यान्वयन नगरेको र उल्टै मधेशीलाई अहित हुने निर्णय गरिरहेको बताउंदै मधेशीहरुलाई आफ्नो अधिकार प्राप्तिका लागि अझै संर्घष गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
देशको सबै अंग र तहमा समानुपातिक प्रतिनिधित्व गराउने संवैधानिक व्यवस्था हुंदा हुंदैपनि त्यसको वर्खिलाफ सत्ताधारी दलहरुले कार्य गरिरहेको भन्दै कार्यवाहक अध्यक्ष तिवारीले सत्तामा रहेर मधेशीहरुको अधिकार प्राप्ति नहुने दाबी गर्नु भयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks