माओवादीद्वारा विरोध प्रदर्शन
काठमाडौं, ५ माघ (दैनिकी)
भारतीय सेना प्रमुख दिपक कपुर चार दिने औपचारीक भारत भ्रमणका लागी नेपाल आइपुग्नु भएको छ । उहाँ नेपाल आइपुगे लगत्तै माओवादीका कार्यकर्ताहरुले त्रिभुवन विमानस्थलदेखिनै विरोध प्रदर्शन गरेका छन् । माओवादी कार्यकर्ताहरुले कालोझन्डा प्रदर्शनसँगै भारत विरोधी नारा लगाएका थिए ।
नेपाल आए लगत्तै उहाँले भेटघाट र भ्रमणलाई निरन्तरता दिनुहुने बताइएको छ । आज उहाँले आज अपरान्ह वीर स्मारमा गई माल्यापर्ण गर्नुहुनेछ भने दिउसो ३ बजेपछि प्रधानसेनापति छत्रमान सिंह गुरुङसँग भेट गर्नुहुने बताइएको छ।
नेपाल र भारत बिचको छ दशक लामो परम्परा पछ्याउदै उहाँ नेपाल आउन लाग्नुभएको हो । नेपाल बसाईका क्रममा उहाँले पर्सी बिहीबार राष्ट्रपति रामबरण यादब प्रधानमन्त्री माधबकुमार नेपाल रक्षामन्त्री विद्या भन्डारी लगायतसँग सुरक्षा स्थिति मुलुकको पछिल्लो घटनाक्रम लगायतमा छलफल गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कपुरलाई नेपाली सेनाको मानार्थ सेनापती र दज्र्यानी चिन्ह पर्सी ७ गते साढे ४ बजे राष्ट्रपति डाक्टर रामबरण यादवले प्रदान गर्ने कार्यक्रम छ । प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई भने भारतीय राष्ट्रपति प्रतिभा पाटिलले यसअघि नै मानार्थ सेनापती र दज्र्यानी चिन्ह प्रदान गरीसक्नुभएको छ ।
यस्तै उहाँले भ्रमणकै क्रममा विभिन्न स्थानको अबलोकन गर्नुहुने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा कपुरले मुस्ताङ्गको जोम्सोममा रहेको सैनिक उच्च शिखर शिक्षालयको अवलोकन गर्नुहुने छ । साथै पोखरामा भएको भारतीय पेन्शन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतनाको मुख्यालय र काभ्रेको शान्ति कार्य तालिम केन्द्रको समेत अवलोकन गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनएको छ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks