सइन्द्र राई ८ माघ
वेरोजगार युवालाई रोजगार दिने भन्दै हंगामा मच्चाएर सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रमले खोटाङका दुइ हजार बढी युवाहरुलाई उल्टै ठगेको युवाहरुले गुनासो गरेका छन् । सरकारले लघु उद्यम सञ्चालनका लागि दुइ लाख रुपैयाँसम्म दिने बताएपछि जिल्लाका दुइ हजार एक सय यूवाले स्वरोजगार फर्म भरेका थिए । सरकारले गत आर्थिक बर्षशुरु गरेको यो कार्यक्रमलाई यस आर्थिक बर्षपनि निरन्तरता दिने भने पनि अझै कुनै कार्यक्रम अघि बढाएको छैन । रोजगार बनिने लोभमा झण्डै २० लाख जति खर्च भएपनि सरकार परिवर्तनसंगै प्रभावित बनेको विश्लेषकहरु बताउँछन् । आर्थिक बर्षसकिन अव केही महिना मात्रै बाँकी रहेपनि, सरकारले यस कार्यक्रमलाई अघि बढाएको छैन् । कार्यक्रमलाई भने सरकारले निरन्तरता दिने भन्दै आर्थिक विनियोजन गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks