काठमाडौं, १ माघ (दैनिकी)
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग शुक्रबार बिहान युरोपियन मुलुकका राजदूतहरूले भेटवार्ता गरेका छन् । राजदूतहरूले विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि संयन्त्रको भूमिका महत्वपूर्ण हुनेमा विस्वास व्यक्त गरेका छन् । कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा नेपालमा जारी राजनीतिक गतिरोध, दुइ देशबीचको आपसी हित तथा शान्ति प्रक्रियाका विषयमा छलफल भएको छ ।
भेटमा फ्रान्स, बेलायत, फिनल्याण्ड, डेनमार्क र जर्मनीका राजदूतहरू सहभागी थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks