Loving nepal news

Monday, January 25, 2010

प्रतिवेदनमाथि आज दोस्रो दिन पनि छलफल

ब्यबस्थापिका ससदको बैठक पनि बस्दै
काठमाडौं, ११ माघ(दैनिकी)

राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि आज दोस्रो दिन पनि छलफल जारी रहने भएको छ । सबिधानसभा भबन नयाँ बानेश्वरमा बिहान साढे १० बजे पछि शुरु हुने बैठकमा समितिको मस्यौदा प्रतिबेदनमाथि दलका सभासद्हरुले बोल्नेक्रम जारी रहने संविधानसभा सचिवालयले जनाएको छ ।
ब्यबस्थापिका ससदको बैठक पनि आज बस्दै छ । अपरान्ह साढे ४ बजेपछि बस्ने बैठकमा सरकारका तर्फबाट केही बिधेयकहरु प्रस्तुत हुने ससद सचिबालयले जनाएको छ ।
हिजो पहिलो दिनको छलफलमा भाग लिदै सभासदहरुले भावी शासकीय स्वरुप बारे आ आफ्नो दलको प्रस्ताव उपयुक्त रहेको दावी गरेका छन् । शासकीय स्वरुप समितिले कुनै पनि प्रस्ताबमा बहुमत जुट्न नसकेपछि तीन फरक फरक अवधारणा सहीत आफ्नो प्रस्ताब संविधानसभामा बुझाएको थियो ।
प्रतिबेदनमा माओवादीले प्रत्यक्ष निर्वाचीत राष्टपति र बहुसदस्यीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणालीको अवधारणा अघि सारेको छ भने कंग्रेस एमाले प्रस्ताबमा सुधारिएको संसदीय व्यवस्थाको रुपमा संसदबाट चयन हुने प्रधानमन्त्री र मिश्रीत समानुपातिक निर्वाचन प्रणालीको अवधारणा छ । यद्धपि एमालेका सभासदहरु भने दुई खेमामा बाँडिएका छन । समिति सदस्य विष्णु पौडेल लगायतका सभाषदहरु प्रतिवेदनमा उल्लेख भएको संसदवाट निर्बाचित कार्यकारी प्रधानमन्त्री र सम्बैधानिक राष्ट्रपतिको पक्षमा बोलेका छन भने संस्थापन पक्षधर सभाषदहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा देखिएका छन् । यस्तै तराई मधेश लोकतान्त्रिक पार्टिले अघि सारेको अवधारणामा संसदबाट निर्वाचीत कार्यकारी राष्टपतिको अवधारणा समेटिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks