Loving nepal news

Wednesday, January 27, 2010

गाबिस सचिव हत्याको बिरोधमा सुर्खेत र बाँकेका सरकारी

असुरक्षाको कारण देखाउँदै बाँकेका गाबिस सचिवले गाउँ छोडे
अम्मर जीसी, सुर्खेत-१३ माघ ।

गाबिस सचिव हत्याको बिरोध गर्दै आज सुर्खेत र बाँकेका कर्मचारीहरुले सरकारी कार्यालयको कामकाज ठप्प पारेका छन् ।भुमिगत सशस्त्र समुहले बाँकेको सितापुर गाउँ बिकास समितिका सचिव ईन्द्रबहादुर श्रेष्ठको हत्या गरेपछि घटनाको बिरोध गर्दै कर्मचारीहरुले सरकारी कार्यालय बन्द गराएका हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालीका-१० कालुन्चौक घर भई नेपालगञ्ज बस्ने सचिव श्रेष्ठको लाश बाँकेको ईन्द्रपुरस्थित बन्जाडे गाउँमा गएराती प्रहरीले भेट्टाएको थियो । घटनाको बिरोधमा गाबिस सचिव हकहित संरक्षण केन्द्र सुर्खेतले बिज्ञप्ती जारी गरी घटनामा संलग्नको खोजी गरी कारबाही गर्न र सुरक्षाको प्रत्याभुति दिलाउन माग गरेको छ ।
यस्तै निजामती कर्मचारीहरुले पनि घटनाको बिरोध गर्दै बिज्ञप्ती जारी गरी आज एकदिनका लागि कामकाज ठप्प पारेको घोषणा गरेका छन् ।

निजामती कर्मचारी आबद्ध संघसंगठनहरुले संयुक्त बिज्ञप्ती जारी गरी राष्ट्र र जनताको सेवामा समर्पित कर्मचारीलाई सुरक्षा दिलाउन सरकारसाग माग गरेका छन् ।
उता बाँकेका गाउँ बिकास समितिका सचिवहरु असुरक्षा बढेको भन्दै गाउँ छोडेका छन् । सुरक्षाको प्रत्याभुति नभएसम्म गाउँ नर्फकने सचिवहरुको भनाई छ । बाँकेका कर्मचारी र गाबिस सचिवहरुले ३ दिन भित्र आफ्ना मागप्रति सुनुवाई नभए अनिश्चीतकालिन कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् । हत्याराको खोजी गरि कडा कारबाहि, मृतक श्रेष्ठलाई राष्ट्रसेबक शहिद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपुर्ति तथा छोराछोरीलाई निशुल्क शिक्षाको ब्यबस्थालगाएतका माग उनिहरुले गरेका छन् ।
श्रेष्ठको हत्याको जिम्मा २ वटा भुमिगत सशस्त्र समुहहरुले लिएका छन् ।
हत्याको जिम्मा जनतान्त्रिक तराई मधेश मुक्ति पार्टि र तराई जनतान्त्रिक पार्टि मधेशले टेलिफोन मार्फत लिएका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks