Loving nepal news

Thursday, January 21, 2010

आक्रोसित लडाकुहरुद्धारा सरकारका प्रतिनिधिको भनाई सुन्न अस्विकार

राजेश घिमिरे/चितवन

संयुक्त राष्ट्रसंघीय नियोग अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका माओवादी लडाकुहरुले नवलपरासीको झ्याल्टुङ्डाडामा सरकारका प्रतिनिधिको भनाई सुन्न अस्विकार गरेका छन् । अयोग्य लडाकुको विदाईका लागि गरिएको बिषेश कार्यक्रममा दोश्रो बक्ताका रुपमा बोल्न लाग्न भएका शान्ति तथा पुननिर्माण मन्त्रालयका उप सचिव निरञ्जन उप्रेतीले संबोधन गर्न लाग्दा माओवादी लडाकुहरुले सरकारले आफुहरुलाई सौतेली व्यवहार गरेका कारण सरकारको प्रतिनिधिको भाषण सुन्न नसकिने भन्दै होहल्ला गरेका थिए ।
विदाईकै वेलामा भने पनि माओवादी अयोग्य लडाकुहरुले बर्षौदेखिको सहकार्य त्यागेर सहयात्री छोडेर जानुपर्दाको पीडा मज्जाले पोखे । उप सचिव बोल्न लाग्दा उनीहरुले आफूहरुलाई बाहिर पठाउनुको कारण खोज्दै वर्तमान सरकारनै अयोग्य भन्दै नारावाजि समेत गरेका थिए ।
संयुक्त राष्ट्रसंघीय नियोग अनमिनको प्रमाणीकरणमा माओवादी सेना बन्न योग्य नभएका भनिएका ४००८ माओवादी लडाकु मध्ये चौथो डिभिजन झ्यालटुङडाडामा आयोजित कार्यक्रममा विहीवार ३ सय ६१ लाई विदाई गरिएको छ । कूल ६ सय २२ मध्ये अरु भने अनमिनको प्रमाणीकरणमा असहमत हुदै पहिले नै शिविर छाडिसकेका थिए । आफूहरु अयोग्य हुनुको कारण सोधिरहेका उनीहरुले सरकार मात्र होइन अनमिनको पनि बोली सुन्न चाहेनन् । योग्य हुदाहुदै पनि अयोग्य बनाएकोमा आक्रोश पोखिरहेका उनीहरुलाई सम्हाल्न स्वयं माओवादी डेपुटी कमाण्डर बलदेवलाई समेत हम्मेहम्मे परेको थियो ।
सरकार विरुद्ध खुबै गर्जिएका अयोग्य लडाकुहरुलाई सान्त्वना दिदै बलदेवले शान्ति प्रक्रियालाई सही निश्कर्षमा पुर्‍याउन पनि माओवादी संयम रहेको बताउनुभयो ।
डेपुटि कमाण्डर बलदेवको बिषेश आग्रहमा उपसचिव उप्रेतीलाई पुन बोल्ने अवसर आए पनि आक्रोसित लडाकुमहरुले मनभरीको कुरा भन्न दिएनन् ।
शिविर छाड्दै गर्दा रिसाएका लडाकुलाई फकाउदै संयुक्त राष्ट्र संघमा आवासीय प्रतिनिधि रोबर्ट पाइपरले पनि रिस उठ्नुको कारण आफूले महशुस गरेको भन्दै सामाजिक जीवनको शुभकामना दिनुभएको थियो ।
वर्षौंसम्म बन्दुक चलाएका माओवादी लडाकुहरु आखा भिजाउदै शिविर छाडिरहदा भविष्य बारेको अन्यौलता पनि छचल्किएका छन् । यसलाई कसैले व्यक्त गरे त कसैले अझै आफैमा लुकाइराखेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks