नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुको सहमतिले नै जारी शान्ति प्रक्रिया टुंगोमा पुग्ने र नयाँ संविधान निर्धारित समयमा बन्ने ठहर गर्दै एक अर्कामा दोषारोपण नगर्न आग्रह गरेको छ। कांग्रेस संसदीय दलको आज बसेको बैठकलेे सहमतिका लागि नेपाली कांग्रेस बाधक भएको भन्ने एमाले अध्यक्ष झलनाथ खनालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। कांग्रेसले सहमतिय संस्कृतिको विपरित खनालबाट आएको अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको पनि जनाएको छ।
त्यस्तै आजकै बैठकले कांग्रेस केन्द्रीय समितिद्धारा प्रस्तावित राष्ट्रिय एकता, मेलमिलाप र शान्ति अभियान सन्चालन गर्ने नीति समसामयिक र उचित भएको भन्दै संविधान निर्माणको बिषयसँग जोडेर यो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले एकीकृत नेकपा माओवादीले बिगतमा भएका सहमति र सम्झौता उल्लंघन गरेको भन्दै सहमति र सम्झौता कार्यान्वयनका बिषयमा गंभीर हुन आग्रह समेत गरेको छ। आफ्ना कार्यकर्तामाथि भैरहेको आक्रमणप्रति बिरोध जनाउँदै तत्काल त्यस्ता गतिबिधिमा सुधार गर्न समेत कांग्रेसले माओवादीलाई आग्रह गरेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks