Loving nepal news

Monday, January 11, 2010

वर्डफ्लु पिडीत कृषकहरुका लागि विशेष योजना


वर्डफ्लुका कारण नष्ट गरीएका कुखुरा वरावरका चल्ला उपलव्ध गराउन कृषकलाई पचास प्रतिशत अनुदान दिने तयारी
सञ्जीव चापागाई,झापा २७ पुष

सरकारले वर्डफ्लुका कारण पिडीत वनेका कृषकहरुका लागि तत्काल विशेष योजना ल्याउने खुलासा गरेको छ । सरकारले पिडीत कृषकहरुका लागि विशेष अनुदानको प्याकेज ल्याउन लागेको खुलासा गरेको हो । जस अन्तरगत सरकारले वर्डफ्लुका कारण नष्ट गरीएका कुखुरा वरावरका चल्ला उपलव्ध गराउन सम्वन्धीत कृषकलाई पचास प्रतिशत अनुदान दिने भएको छ ।

कृषि तथा सहकारी मन्त्रालय मार्फत पशुसेवा विभाग अन्तरगत एभियन इन्फ्लुएन्जा
नियन्त्रण आयोजनाले आज झापाको मेचिनगरमा एक कार्यक्रम गरी त्यस्तो जानकारी दिएको हो । आयोजनाका प्रमुख डा.इन्द्रकान्त झाले अवको केहि दिनभित्रै जिल्लासंग समन्वय गरी कृषकहरुलाई अनुदान प्रदान गर्ने जानकारी दिनुभयो ।त्यसका लागि ३१ लाख खर्च हुने उहाको भनाई छ ।

उहाले व्रोइलर कुखुरापालक कृषकहरुले वैंकवाट लिएको ऋणको ६ महिनासम्मको व्याज मिनाह हुने र लेयर कुखुरा को हकमा १ वर्षसम्मको व्याज मिनाह गरीने समेत जानकारी दिनुभयो । पन्छीमा वर्डफ्ल्यु भए नभएको पुष्टि गर्न विदेश लानुपर्ने वाध्यता अवको एक वर्षमा समाप्त हुने वताउदै उहाले नेपालमा नै त्यस्तो परीक्षण केन्द्र
स्थापनाको कार्य अन्तीम चरणमा पुगको वताउनुभयो ।

हाल सम्म ६२ देशमा वर्डफ्लुको संक्रमण देखिएको छ भने २ सय ६० जनाको मृत्यु भईसकेको छ ।नेपालमा तराइका सवै जिल्ला सहित २६ वटा जिल्ला वर्डफ्लुको उच्च जोखिममा छन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks