Loving nepal news

Friday, January 29, 2010

ब्राहमणको हक हितको सुनिश्चितताको लागि गोलबन्द हुनुपर्‍यो ः अधिकारी

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा १५ माघ

नेपाल ब्राहमण समाजका अध्यक्ष नारायणप्रसाद अधिकारीले हक हित सुरक्षाका लागि सांगठनिक रुपमा अगाडि बढ्नु परेको बताएका छन् । शुक्रवार तानसेनमा आयोजित ब्राहमण समाजको जिल्ला स्तरीय भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले ब्राहमणहरू यहाँका आदिवासी मात्रै नभएर अनादिवासी भएको समते दावी गरे । अध्यक्ष अधिकारीले विभिन्न क्षेत्रहरूमा अन्य जातीका लागि कोटा र आस्रयका नाममा क्षमता हुँदाहुँदै पनि ब्राहमणहरू पछाडि पारिएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष अधिकारीले ब्राहमणहरूको संस्कार र संस्कृति सराहनीय भएपनि त्यसको बैज्ञानिकताको अभावमा समस्या देखिएको बताए ।
देशका ५५ वटा जिल्लामा ब्राहमण भेला तथा तदर्थ समिति समेत गठन गरिसकेकेा समाजले अन्य जातीको अधिकार खोस्ने नभएर अरूको अधिकार प्राप्ति हुादा आÇनो अधिकार नखोसियोस् भन्ने चाहना राखेको भेलाका वक्ताहरूले जोड दिए ।
कार्यक्रममा गुल्मी जिल्ला ब्राहमण समाजका अध्यक्ष शशी पन्थी, डा. रामप्रसाद ज्ञवाली, विश्वहिन्दु महासंघ पाल्पाका अध्यक्ष विश्वराज पौडेल, प्राध्यापक रामप्रसाद ढकाल, डा. नेत्र न्यौपाने लगायतले ब्राहमण समाजको भेला गरी समिति गठन गर्नुको मूख्य उद्देश्य माथि प्रकाश पारेका थिए । सन्तोष खनालको सञ्चालनमा भएको कार्यक्रम गीता शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks