कपिल भट्ट/कैलाली २७ पुष
कैलालीको थापापुर-६ गोरचौराबाट लुटपाटमा संलग्न एक समूहलाई आज हतियार सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट गएको प्रहरी टोलील गुलाम वारिस, अनिल दुवेदी करिङ्गन अहमद र मुसु सुदेन साहलाई पक्राउ गरेको हो । उनीहरुलाई स्थानीय अक्रिम अलीको घरमा बसिरहेको अवस्थामा दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोली सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका वारिस, दुवेदी र साह भारतिय नागरिक रहेको बताईएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा अक्रिम अलिलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउपरेकाहरुले गएराती कैलालीको जोशीपुरका दुई घर र थापापुरको एक घरमा लुटपाट गरेको समेत प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks